Wednesday, October 21

खेलकुद

डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा

डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा

Posted in खेलकुद
काठमाडौं । युएईमा जारि आईपीएल २०२० अन्तर्गत छैठौं जित दर्ता गर्ने क्रममा मुम्बई इन्डीएन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गरेको छ। शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको १४९ रनको लक्ष्य मुम्बईले मात्र २ विकेट गुमाएर १६.५ ओभरमा भेटायो। मुम्बईको लागि ओपनर क्विन्टन डीककले सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा अविजित ७८ रन बनाए जुन क्रममा उनले ४४ बलमा ९ चौका र ३ छक्का हिर्काए। डीककको यो लिगमा समग्रमा १३ औं तथा पछिल्लो ४ खेलमा तेश्रो अर्धशतक हो। कप्तान रोहित शर्माले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। हार्दिक पान्ड्याले अविजित ११ बलमा २१ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का हिर्काए। सुर्यकुमार यादबले १० रन बनाए। डीककले अविजित अर्धशतक बनाए लक्ष्य पछ्याउने क्रममा डीकक र शर्मा बीच ९४ रनको ओपनिंग साझेदारी भएको थियो। ११ औं ओभरमा रोहितलाई शिभम
बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”

बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”

Posted in खेलकुद
एजेन्सी । बैंगलोर बिरुद्ध बिहिबार रातिको खेल पन्जाबको लागि गर या मरको स्थितिको खेल थियो। खेलमा पराजित भएको खण्डमा टिमको प्लेअफ सम्भावना समाप्त हुन्थ्यो। तर बलियो मानिएको टिम बैंगलोर बिरुद्ध पन्जाबले ८ विकेटको शानदार जित दर्ता गर्यो र महत्वपूर्ण २ अंक बटुल्यो। बैंगलोरले दिएको १७२ रनको लक्ष्य पन्जाबले २ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो। अघिल्लो ७ खेलमा मौका नपाएपछि आठौँ र अत्यन्त महत्वपूर्ण खेलमा मौका पाएका पन्जाब ब्याट्सम्यान क्रिस गेलले जितमा उत्कृस्ट योगदान दिए। ओपनिंग ब्याटिंग छोडेर तेश्रो नम्बरमा आएका गेलले कप्तान केएल राहुलसंग ९३ रनको साझेदारी गरे। अन्तिम ओभरमा रन आउट हुनु अघि गेलले आईपीएल करियरको २९ औं अर्धशतक बनाए जुन क्रममा ४५ बलमा ५ छक्का र १ चौका प्रहर गर्दै ५३ रन बनाए। खेलपछि गरिएको कुराकानीमा गेलले धेरै पछि खेल्दा पनि आफू नर्भस नभएको भन्दै रोचक प्रतिक्रिया दिए – “युनिभर
नोर्कियाले गरे आईपीएल इतिहासकै तीव्र गतिको बल

नोर्कियाले गरे आईपीएल इतिहासकै तीव्र गतिको बल

Posted in खेलकुद
एजेन्सी । दिल्ली क्यापिटल्सका फास्ट बलर एनरिक नोर्कियाले बुधबार राजस्थान रोयल्स बिरुद्ध इन्डिएन प्रिमियर लिग इतिहासकै सबैभन्दा तीव्र गतिको बल फालेका छन्। खेलमा ४ ओभरमा ३३ रन खर्चिएका नोर्कियाले २ विकेट लिएका थिए। कीर्तिमान सहित राजस्थान बिरुद्ध १३ रनको जितमा नोर्किया प्लेयर अफ द म्याच समेत चुनिए। लिगमा लगातार उत्कृस्ट बलिंग गरिरहेका दक्षिण अफ्रिकी बलर नोर्कियाले दोश्रो इनिंगको तेश्रो ओभरमा नयाँ कीर्तिमान बनाएका हुन्। ओभरको पाँचौ बलमा जोस बटलरलाई उनले कीर्तिमानी १५६.२ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए। उक्त बललाई बटलरले चौका प्रहार गरेका थिए। उक्त ओभरमा नोर्कियाले तीव्र गतिको बलहरु फाल्ने क्रममा पहिलो बलमा १४८.२, दोश्रो बलमा १५२.३, तेश्रो बलमा १५२.१ तथा चौथो बलमा १४६.४ किलोमिटर प्रतिघण्टाको गतिमा फालेका थिए। पाँचौ बलमा कीर्तिमानी बल फालेता पनि चौका खाएका उनले छैठौं बलमा १५५.१
क्रिस गेलको उत्कृष्ट प्रदर्शनमा पन्जाबको रोमाञ्चक जित

क्रिस गेलको उत्कृष्ट प्रदर्शनमा पन्जाबको रोमाञ्चक जित

Posted in खेलकुद
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ । क्रिस गेल र कप्तान केएल राहुलको उत्कृष्ट प्रदर्शनमा किङ्स इलाभेन पन्जाबले आईपीएलमा दोस्रो जित हात पारेको हो । रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो । पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । उनलाई आठौं ओभरमा युजवेन्द्र चहलले आउट गरे । त्यसपछि ब्याटिङमा आएका क्रिस गेलले ५३ रन योगदान गरे । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे । केएल राहुल र गेलले ९३ रन साझेदारी गरे । गेल रनआउट भए ।पन्जाबलाई जि
दिल्ली फेरि शीर्ष स्थानमा

दिल्ली फेरि शीर्ष स्थानमा

Posted in खेलकुद
दुबई  । दिल्ली क्यापिटल्स बुधबार राजस्थान रोयल्सलाई १३ रनले पराजित गरी पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ । टस जितेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६१/७ को स्कोरमात्र बनाउन सक्यो । जवाफमा आएको राजस्थानलाई १४८/८ मा रोक्दै दिल्लीले पुनः जितको लय समातेको हो । दिल्लीले आठौं खेलमा छैटौं विजय पाएको हो । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १० तथा कोलकाता नाइट राइडर्स ८ अंकसहित शीर्ष चार स्थानमा छन् । राजस्थानलाई अन्तिम दुई ओभरमा विजयनिम्ति २५ रन चाहिन्थ्यो । सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि रहेका दक्षिण अफ्रिकी बलर कागिसो राबाडाले १९औं ओभरमा ३ रनमात्र दिई जोफ्रा आर्चर (१) को विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका तुसार देशपाण्डेले अन्तिम ओभरमा ८ रनमात्र दिई श्रेयस गोपाललाई ६ रनमा आउट गरे । राजस्थानले ३ ओभरमा ३७ रन ज
स्पेनको अपराजित यात्रामा पूर्णविराम

स्पेनको अपराजित यात्रामा पूर्णविराम

Posted in खेलकुद
एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो । स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो । किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन । युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ । समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।
नेयमार बने ब्राजिलका लागि पेले पछिको अन्तर्राष्ट्रिय सर्वाधिक गोलकर्ता

नेयमार बने ब्राजिलका लागि पेले पछिको अन्तर्राष्ट्रिय सर्वाधिक गोलकर्ता

Posted in खेलकुद
एजेन्सी ।  विश्व चर्चित फुटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् । मंगलबार राति भएको २०२२ विश्वकप छनोट अन्तरगत पेरु विरुद्धको खेलमा ह्याट्रिक गरेका नेयमार दोस्रो स्थानमा उक्लिएका हुन् । ब्राजिलले पेरुलाई ४–२ गोलले हराएको खेलमा पेरिससेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले ह्याट्रिक पुरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका हुन् । यसअघि उनीभन्दा माथि रहेका रोनाल्डिन्होलाई पछि पार्दै माथि उक्लिएका हुन् । ब्राजिलका लेजेन्ड पेलेले आफ्नो करियरमा खेलेका ९२ खेलमा देशका लागि ७७ गोल गरेका थिए । तर, २८ वर्षिय नेयमारले १ सय ४ खेल खेल्दै गोल संख्या ६४ पुर्याएका छन् । सक्रिय खेलाडीका रुपमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । उनले १०१ गोल गरेका छन् ।
आईपीएलमा चेन्नाईको तेस्रो जित

आईपीएलमा चेन्नाईको तेस्रो जित

Posted in खेलकुद
एजेन्सी ।  चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो । चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । चेन्नाइका लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए । साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए । जडेजाले ब्याटिङमा पनि राम्रो गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । यो प्रदर्शनका कारण उनी म्यान अफ द म्याच भए । यो जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ । चेन्नाई, है
क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

Posted in खेलकुद
एजेन्सी । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको जनाइएको छ । हाल उनी आइसोलेसनमा छन् । संक्रमित भएसँगै नेसन्स लिग प्रतियोगिता अन्तर्गत स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट नउत्रिने जनाइएको छ । पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ। यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन