
ब्रिटेनमा कोभिड-१९ सँग जुझ्न भिटामिन ‘डी’को प्रभावकारिताबारे परीक्षण
Posted in रोचक/प्रेरक, स्वास्थ्य /जीवनशैली
ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन 'डी'ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्।
सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन 'डी' सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन 'डी'को कमी भएनभएको सुरुमा जाँचिनेछ।
जाडो याममा मानिसहरूमा भिटामिन 'डी'को झन् कमी हुन सक्ने भएकाले यसअघि नै यूकेका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन।
विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन 'डी' को कमी भएको पाइएको छ। यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन्।
बार्ट्स च्यारीटीको सहयोगमा क्वीन