Tuesday, January 26

समाचार

यस्तो बन्यो निर्माता मनोज कार्कीको मुनामदन-२ ( भिडिओ सहित )

यस्तो बन्यो निर्माता मनोज कार्कीको मुनामदन-२ ( भिडिओ सहित )

Posted in मनोरञ्जन, समाचार
काठमाडौँ।  मनोज कार्कीको नयाँ गित मुनामदन- २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा  शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपानेको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ। राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ। एस विडियोको बिमोचन पनि गरिएको थियो जसमा  , चर्चित संगितकार सन्तोस श्रेष्‍ठको प्रमुख अथित्यमा सम्पन्‍न बिमोचन कार्यक्रममा बिशिष्‍ट अथिती गितकार प्रकाश कुमार अधिकारी,  बिशिष्‍ट अथिती राप्ती समाजका अध्यक्ष प्रबिन कुमार रेग्मी ,नमस्ते न
मनोज कार्की को प्रडक्शनमा रहेको मूना मदन २ को शूटिंग सकिएको छ।

मनोज कार्की को प्रडक्शनमा रहेको मूना मदन २ को शूटिंग सकिएको छ।

Posted in मनोरञ्जन, समाचार
गाएक एवं संगीतकार जनक विवश न्यौपानेको शब्द, संगीतमा रहेको मुनामदन-२ को सुटिङ सकिएको छ। गीतमा रचना रिमाल र न्यौपानेको स्वर रहेको छ। जनक सिहंको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अवी वाग्लेको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। यो मनोज कार्कीको दोस्रो म्यूज़िक भिड़ीयो रचना रिमाल संगको हो जून पहिलो तिहारको गीत “तीन धरके बादलु” थियो।
थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।
२ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा  ५७० जनामा संक्रमण पुष्टि

२ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् । यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।
मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको हो । नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका हुन् । सो टिकटक ग्रुपका होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार, भुवन सिंह, पत्रकार एल बि थापा, पदम सुबेदी, ग्रुपका सदस्य सुगम रिजाल, पदम खनाल लगायतको उपस्थितिमा सो रकम पीडितलाई हस्तान्तरण गरिएको टिकटक ग्रुपका होस्ट पराजुलीले धारिलो न्यूजलाई जानकारी दिए । पीडित प्रकाशका एक छोरा, एक छोरी र श्रीमती रहेका
शिक्षा सचिव भन्छन्, संघीय शिक्षा ऐन छिटै आउंछ

शिक्षा सचिव भन्छन्, संघीय शिक्षा ऐन छिटै आउंछ

Posted in समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेकोभिड–१९ को महामारीमा विद्यार्थी सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन दूर सञ्चारप्रदायकहरुलाई निश्चित रकम दिने र स्थानीय तहले काम गर्नेगरी इन्टरनेट उपलब्ध गराउने योजनामा सरकार रहेको जनाएको छ । विद्यार्थीका लागि छुट्याइएको दिवा खाजा बजेटलाई रकमान्तर गरेर सिकाइ सहजीकरणका निम्ति अनलाइन व्यवस्था गर्न खर्च गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । शिक्षा पत्रकार समूहद्धारा शुक्रबार आयोजित “समसामयिक शैक्षिक सवाल र भावी दिशा” विषयक भर्चुअल अन्तरसंवादमा बोल्दै सचिव मैनालीले शिक्षा मन्त्रालयप्रति विभिन्न पक्षबाट गरिएको गुनासोलाई सम्बोधन हुनेगरी अब काम हुने बताए । छलफलमा संघीय शिक्षा ऐन कहिले आउँछ भनेर अधिकांशले प्रश्न सोधेपछि सचिव मैनालीले अहिलेसम्म नआउनुलाई कमजोरी रहेको स्वीकारे । हुप्सेकोट गाउँपालिका नवलपुरकी अध्यक्ष
२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ  । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।
आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

Posted in समाचार
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई पक्राउ गर्न सफल भएको छ । लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए । यस सम्बन्धमा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीको भनाइ
सांसदलाई दशै भत्ता दिनु नै गलत – पूर्वमन्त्री साह

सांसदलाई दशै भत्ता दिनु नै गलत – पूर्वमन्त्री साह

Posted in समाचार
  काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । महामारीको समयमा पनि सांसदहरूले दशैं भत्ता लिएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमन्त्री साहले आफ्नो खातामा आएको दशैं भत्ता बापतको रकम फिर्ता गरेका हुन् । साथै उनले कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु उपयुक्त नहुने पनि उल्लेख गरेका छन् । 'कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं,' साहले दशैं भत्ता फिर्ता गर्दै संसद सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ, 'यस घडीमा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु म उपयुक्त मान्दिन ।' साथै उनले आफ्नो बैंक खातामा आएको रकम नगदै फि
उपत्यकामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

उपत्यकामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

Posted in समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना काेराेना संक्रमित थपिएकाे जनाएका छन् ।