
शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस
Posted in अन्तर्राष्ट्रिय, समाचार
एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा 'म शिक्षक हुँ' लेखिएका प्लेकार्ड बोकेका थिए। प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले 'हामी फ्रान्स हौँ' भनेर चिच्याए।
घटनाक्रम
प्यारिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो । त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन। घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन्।
शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका