Saturday, October 24

स्वास्थ्य /जीवनशैली

ब्रिटेनमा कोभिड-१९ सँग जुझ्न भिटामिन ‘डी’को प्रभावकारिताबारे परीक्षण

ब्रिटेनमा कोभिड-१९ सँग जुझ्न भिटामिन ‘डी’को प्रभावकारिताबारे परीक्षण

Posted in रोचक/प्रेरक, स्वास्थ्य /जीवनशैली
ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन 'डी'ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्। सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन 'डी' सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन 'डी'को कमी भएनभएको सुरुमा जाँचिनेछ। जाडो याममा मानिसहरूमा भिटामिन 'डी'को झन् कमी हुन सक्ने भएकाले यसअघि नै यूकेका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन। विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन 'डी' को कमी भएको पाइएको छ। यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन्। बार्ट्स च्यारीटीको सहयोगमा क्वीन
मनिला खतिवडा बचाउ अभियान

मनिला खतिवडा बचाउ अभियान

Posted in स्वास्थ्य /जीवनशैली
Tribhuvan University बाट भूगर्वशास्त्रमा Master's Degree उतिर्ण जिल्ला झापा चन्द्रगढी - १० हाल काठ्माण्डौं स्थित बानेश्वर निवासी बर्ष २६ की मनिला खतिवडा बहिनी विगत एक वर्षदेखि स्तन क्यान्सरका कारण दिल्ली स्थित राजिब गान्धी अस्पतालमा उपचाररत थिए ।                                                     बहिनीको आफनै दाई पनि एकबर्ष पहिले क्यान्सर रोगकै कारण मृत्य भैसकेको दुखद खवर पनि यहाँहरु समक्ष राखे । हाल पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोरका कारण हाल ललितपुर स्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पताल जेनेरल वार्ड बेड न. ३६८ मा छटपटाइ रहेको अवस्थामा छ ।                                                                         यी युवा नानीलाई बचाउन सके राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सक्नेमा दुइमत छैन । यसर्थ बहिनीको थप उपचारका लागि यहाँहरु स्वदेश तथा विदेश जहाँ भएपनि आफ्नै छोरी चेली सम्झेर
करोनाको समएमा  स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

करोनाको समएमा स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

Posted in स्वास्थ्य /जीवनशैली
साउन २४ :- हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ । सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ? यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं । तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति
अनार धेरै किसिमका मान्छेका लागि फाइदाकारी हुन्छ तर यस्ता मान्छेले खायो भने चै ज्यानै जान सक्छ

अनार धेरै किसिमका मान्छेका लागि फाइदाकारी हुन्छ तर यस्ता मान्छेले खायो भने चै ज्यानै जान सक्छ

Posted in स्वास्थ्य /जीवनशैली
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ । अनार मानिसको स्वास्थको लागि एकदम फाईदायुक्त फल हो । तर यो फल पनि कस्ता रोग भएका व्यक्तिले खानु राम्रो हुदैन । उल्लेखित समस्या भएका व्यक्तिहरुमा भने अनारको सेवन गर्नु लाभदायक मानिदैन । १. कब्जियत अनारमा फाईबर्सको मात्रा बढि हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउने हुदा अनार खानु हुदैन । २. औषधि लिइरहेको व्यक्ति यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भाएको छ भने अनार खानु हुदैन । अनार खानाले औषधिले काम गर्दैन । ३. दम रोगी दम रोगीले अनार खादा झन् दम बढ्ने हुन्छ । त्यसैले दम रोगीले अनार खानु हुदैन । केही खास समस्या भएका व्यक्तिले बाहेक अनार सेवन गर्नु स्वास्थयका हिसाबले फाइदाजनक मानिन्छ । ४. तौल घटाउ
साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता जान्नुहोस्

साङ्ग्ला, जुम्रा, मुसा भगाउन देखि सर्प को बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता जान्नुहोस्

Posted in रोचक/प्रेरक, स्वास्थ्य /जीवनशैली
जपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । यस्तै धेरै फाइदाहरु छन् जुन तेजपातको प्रयोगले प्राप्त गर्न सकिन्छ । यहाँ हामीले त्यस्तै जानकारीहरु संकलन गरेका छौँ । कृपया पढ्नुहोला । तेजपत्ताका फाइदा यस्ता छन् १. सर्पको विष झार्छ सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ, भनिन्छ तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसल
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

Posted in अन्तर्राष्ट्रिय, खेलकुद, भिडियो, मनोरञ्जन, राशिफल, रोचक/प्रेरक, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य /जीवनशैली
चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । “मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो । करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत