Saturday, October 24

ब्यानर पोस्ट

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको हो । नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका हुन् । सो टिकटक ग्रुपका होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार, भुवन सिंह, पत्रकार एल बि थापा, पदम सुबेदी, ग्रुपका सदस्य सुगम रिजाल, पदम खनाल लगायतको उपस्थितिमा सो रकम पीडितलाई हस्तान्तरण गरिएको टिकटक ग्रुपका होस्ट पराजुलीले धारिलो न्यूजलाई जानकारी दिए । पीडित प्रकाशका एक छोरा, एक छोरी र श्रीमती रहेका
२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ  । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।
अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ । अबदेखि कोभिड १९ को परीक्षण र उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि
उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु, तीनजनाको अवस्था गम्भिर

उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु, तीनजनाको अवस्था गम्भिर

Posted in ब्यानर पोस्ट, समाचार
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिद्धिचरण राजमार्गमा गए राती भएको स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ती पाँचै जनाको घटनास्थलमै मृत्य भएको हो । यसैगरी अन्य तीनजना गम्भिर घाईते भएका छन् । भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो जिप सडकबाट करीब नौसय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षीय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले धारिलो खबरलाई जानकारी दिए । उनका अनुसार जिप चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालि
वीरगन्जबाट २३ किलो सुन बरामद

वीरगन्जबाट २३ किलो सुन बरामद

Posted in ब्यानर पोस्ट, समाचार
वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ । अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । उनी भारत पूर्वी चम्पारण हरैयाका बासिन्दा हुन् । सिन्हा रक्सौल कस्टमका क्लियरिङको काम गर्छन् । सिन्हाका भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।
आजदेखि बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

आजदेखि बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ । प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ शनिवार देखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ । बडादशैँको सुरु दिन आज समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबा
पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोना पुष्टि

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ। यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।
अमेरिकी राजनीतिमा ‘ट्विटर तुफान’

अमेरिकी राजनीतिमा ‘ट्विटर तुफान’

Posted in अन्तर्राष्ट्रिय, ब्यानर पोस्ट, समाचार
अमेरिकामा रिपब्लिकन दलका सिनेटरहरूले डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनप्रति आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्नबाट रोक्ने निर्णयलाई लिएर ट्विटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्ने बताएका छन्। बुधवार ट्विटरले मानिसहरूलाई न्यूयोर्क पोस्टको लेख राख्न रोकेको थियो जसमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू थिए। सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले अर्को साता डोर्सीलाई सोधपुछका निम्ति डाक्न मतदान गरिनेछ। अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले ट्विटरको कदमलाई निर्वाचनमा हस्तक्षेपको सङ्ज्ञा दिएका छन्। सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले भने, "यदि तपाइँ सूचनालाई छानेर दबाउनुहुन्छ भने त्यो सेन्सरशीप हो। यो देशमा हामीले सदा विचारहरूको प्रतिस्पर्धालाई प्रोत्साहन गरेका छौँ। सबै विचार राम्रा नहोलान् तर त्यो सार्वजनिक बहसबाट काँटछाँ
२ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक (सुचीसहित)

२ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक (सुचीसहित)

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत दुई दशकमा मानवअधिकार उल्लंघन गरेका २८६ जनाको नाम सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले २० वर्षमा गरेका कामको समीक्षासहितको आयोगको प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको हो । तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूको नाम आयोगले सार्वजनिक गरेको हो । आयोगको प्रतिवेदनमा २८६ जना मानवअधिकार उल्लंघनकर्ताहरुको विवरण उल्लेख गरिएको छ । आयोगले नाम सार्वजनिक गरेका २ सय ८६ मानवअधिकार उल्लंघनकर्ताहरूमध्ये निजामती कर्मचारी १६, नेपाल प्रहरी ९८, नेपाली सेना ८५, सशस्त्र प्रहरी ८, नेकपा माओवादी ६५, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेका प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, यसबीचमा आयोगले सिफारिस गरेका एक
थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १९ सय ३५  संक्रमित

थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १९ सय ३५ संक्रमित

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ  । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् । त्यसैगरी  उपत्यकामा थप १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौ