Sunday, October 25

Author: admin

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको हो । नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका हुन् । सो टिकटक ग्रुपका होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार, भुवन सिंह, पत्रकार एल बि थापा, पदम सुबेदी, ग्रुपका सदस्य सुगम रिजाल, पदम खनाल लगायतको उपस्थितिमा सो रकम पीडितलाई हस्तान्तरण गरिएको टिकटक ग्रुपका होस्ट पराजुलीले धारिलो न्यूजलाई जानकारी दिए । पीडित प्रकाशका एक छोरा, एक छोरी र श्रीमती रहेका
शिक्षा सचिव भन्छन्, संघीय शिक्षा ऐन छिटै आउंछ

शिक्षा सचिव भन्छन्, संघीय शिक्षा ऐन छिटै आउंछ

Posted in समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेकोभिड–१९ को महामारीमा विद्यार्थी सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन दूर सञ्चारप्रदायकहरुलाई निश्चित रकम दिने र स्थानीय तहले काम गर्नेगरी इन्टरनेट उपलब्ध गराउने योजनामा सरकार रहेको जनाएको छ । विद्यार्थीका लागि छुट्याइएको दिवा खाजा बजेटलाई रकमान्तर गरेर सिकाइ सहजीकरणका निम्ति अनलाइन व्यवस्था गर्न खर्च गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । शिक्षा पत्रकार समूहद्धारा शुक्रबार आयोजित “समसामयिक शैक्षिक सवाल र भावी दिशा” विषयक भर्चुअल अन्तरसंवादमा बोल्दै सचिव मैनालीले शिक्षा मन्त्रालयप्रति विभिन्न पक्षबाट गरिएको गुनासोलाई सम्बोधन हुनेगरी अब काम हुने बताए । छलफलमा संघीय शिक्षा ऐन कहिले आउँछ भनेर अधिकांशले प्रश्न सोधेपछि सचिव मैनालीले अहिलेसम्म नआउनुलाई कमजोरी रहेको स्वीकारे । हुप्सेकोट गाउँपालिका नवलपुरकी अध्यक्ष
२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिए

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ  । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।
आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

Posted in समाचार
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई पक्राउ गर्न सफल भएको छ । लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए । यस सम्बन्धमा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीको भनाइ
सांसदलाई दशै भत्ता दिनु नै गलत – पूर्वमन्त्री साह

सांसदलाई दशै भत्ता दिनु नै गलत – पूर्वमन्त्री साह

Posted in समाचार
  काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । महामारीको समयमा पनि सांसदहरूले दशैं भत्ता लिएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमन्त्री साहले आफ्नो खातामा आएको दशैं भत्ता बापतको रकम फिर्ता गरेका हुन् । साथै उनले कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु उपयुक्त नहुने पनि उल्लेख गरेका छन् । 'कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं,' साहले दशैं भत्ता फिर्ता गर्दै संसद सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ, 'यस घडीमा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु म उपयुक्त मान्दिन ।' साथै उनले आफ्नो बैंक खातामा आएको रकम नगदै फि
उपत्यकामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

उपत्यकामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

Posted in समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना काेराेना संक्रमित थपिएकाे जनाएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

Posted in समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको बताएका छन् । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । हालसम्म क्वारेन्टाइन
शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस

शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस

Posted in अन्तर्राष्ट्रिय, समाचार
एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा 'म शिक्षक हुँ' लेखिएका प्लेकार्ड बोकेका थिए। प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले 'हामी फ्रान्स हौँ' भनेर चिच्याए। घटनाक्रम प्यारिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो । त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन। घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन्। शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका
थप २९४२ जनामा कोरोना संक्रमण

थप २९४२ जनामा कोरोना संक्रमण

Posted in समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो । देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

Posted in ब्यानर पोस्ट, समाचार
काठमाडौँ । अबदेखि कोभिड १९ को परीक्षण र उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि