August 13, 2020 420

साउन २९
काठमाडौं : पछिल्लो समय चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण उच्च देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडुमा मानिशको भिड़ र आवत जाउत धेरई भएको हुदा ज़िल्ला प्रशासनले एस्तो निर्णये गरेको छ
मन्त्रालयले पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई अतिउच्च जोखिम (रेड जोन) मा राख्दै आएको छ। यस्तोमा काठमाडौं, पर्सा, रौतहट र महोत्तरी संक्रमणको हिसाबले अति उच्च जोखिमा परेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, धनुषाकी ८५ वर्षीय महिलाको साउन २८ गते, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ
प्रतिकृया दिनुहोस्