Thursday, October 22

औषधी खुवाएर बेहोस् बनाई हथौडाले हानेर कल्पनाले बोहरालाई मारेको खुलासा अनी भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो

August 11, 2020 226

काठमाडौँ, २७ साउन । काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बीभत्स हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हानेर बोहोराकोे बीभत्सरुपमा हत्या गरेको खुल्न आएको छ ।

गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

हत्यारा खोज्न आइतबार दिनभर सादा पोशाकका प्रहरी सो क्षेत्रमा खटिए । अप्रेशनको नाम राखियो– ‘अप्रेशन जोजो ।’ शंकास्पद घर र होटलमा सर्च अप्रेशन चल्यो । तर, ५० मिटरको दुरीमा रहेको निलो रंगको किरण बस्नेतको घरमा हत्या भएको कसैले चाल पाएन ।

ट्रयाकर डग ‘जोजो’को एक्सन र प्रहरीको अप्रेशन दुवै नियालिरहेकी थिइन्, ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) । उनी, जुन डेराको झ्यालबाट प्रहरी अपशन चियाइरहेकी थिइन्, त्यहि डेरामा कृष्णबहादुरको हत्या भएको थियो । त्यो हत्या आफैंले गरेकी थिइन् ।

प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । बोहरा काठमाण्डौमा एक्लै बस्दै आएका थिए ।
मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ । ती महिलालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्