मङ्लबार, साउन २७,
जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछ । कर्मयोग , ज्ञानयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
भगवान् श्रीकृष्ण का बारेमा केही जान्नै पर्ने नौ कुरा ।
१) कृष्ण का अगाडि श्री लगाउनै पर्छ। किनकि श्री काे अर्थ उहाँमा परिपुर्णता छ भनिएको हाे । श्री अर्थात उहाँ भन्ने बित्तिकै उहाँकाे अर्धाङ्गिनी लाई पहिले सम्झ भनिएको हाे ।
२) उहाँका हजारौं नामहरु मध्ये वासुदेव सम्झनैपर्ने नाम हाे ।
३) पृथ्वीमा धर्म ( नैतिकता ) काे नष्ट हुनलागिसके पछि कंस ( अत्याचार) काे पराकाष्ठा नाघेपछि ब्रह्मादि देवताहरुले भगवान् विष्णु काे अारधना गरेपछि द्वापर युगको समयमा माता देवकी र पिता वशुदेवकाे काेखमा कंसले अामा बुवालाई मथुराकाे अाफ्नाे कारागार अर्थात् जेलमा थुनेर राखेको बेला अाठाैँ सन्तानको रुपमा जन्म लिनुभएकाे हाे । उहाँ काे जन्म मथुरा ,बाल्यकाल गाेकुल ( नन्दगाउँ ) र बाँकी जीवन द्वारकाकाे राजा भएर बित्यो ।
४) साथी र समाजमा प्रशंस याेग्य हुनुभयो ।
५) यी यी स्थानमा रहँदा उहाँले असत् काे नष्ट गरि सत् कर्महरु गर्नुभयो । दु:खि काे सेवा र ज्ञानीहरुकाे सम्मान गर्दैरहनुभयाे ।यी कर्महरु सामान्य मान्छेले गर्न नसक्ने अदभूत , अद्वित्तिय छन् । ६४ दिन मात्रै अध्यन गर्ने मेसाे मिलेपनि ६४ वटाका विद्या ले परिपुर्ण हुनुभयो ।
६) उहाँका लागि गाई र निर्लाेभी, त्यागी र सबैलाई सम भाव राख्ने सुदामा र उनी जस्ता ब्राह्मण प्रिय थिए।
७) अदभूत र अद्वित्तिय क्षमता र सामर्थ्य भएकोले अनेकौं पिडामा परेका १६१०८ नारीहरुलाई र उनिहरुका परिवारलाई परेका कष्ट मा सहयोग भाव देखाउँदा कहिले स्वयं स्त्रीहरुले त कहिले उनका परिवारले श्रीकृष्ण भगवान काे सेवाभाव र श्रीमान बनाइदिन याेग्य देखेर अाअाफ्ना छाेरीलाई वधु रुपमा जिम्मा दिए ।
८) १६,१०८ सबैलाई समान प्रेम ,अादर र भरिपुर्णता गरिदिनुभयाे ।कुनै नारीले मुद्दा हाल्न परेन ।
९) १२५ वर्ष भाैतिक शरीर लिएर बाँच्नुभयाे । जति बाच्नु भयाे गीता जस्तो कृति ,कीर्ति र समाजमा कस्तो नेता हुनु पर्छ भन्ने पाठ सिकाई दिनुभयो । कृष्णात् परं किमपि तत्व अहं न जाने ।अर्थात् भगवान् श्री कृष्ण का बारेमा ब्यासादि कविहरुले वर्णन गर्न सक्नु भएन म त झन् तुच्छ मान्छे । अाजका हामी मानिस लाई लाै है श्रीकृष्ण सम्झ भनेर घच्घच्याएकाे मात्रै हुँ।
लेखक:- आचार्य कृष्ण भारद्वाज
प्रतिकृया दिनुहोस्