Wednesday, October 21

गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको शव

August 9, 2020 164

काठमाण्डाै साउन २५

काठमाण्डाैकाे गाेङ्गबु गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ ।

गोंगबुस्थित गणेशस्थानमा विभत्स हत्या भएको छ । हत्यापछि सुटकेशमा फालेको अवस्थामा शव फेला परेको छ ।

टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोङ्गबु चोकबाट गणेशस्थान जाने बाटोमा टाउको विनाको शव भेटिएको हो । शव टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा भेटिएको हो ।

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । शव पुरुषको भए पनि सनाखत भने भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्