Saturday, October 24

बैतडीमा आमा छोराको मृत्यु

August 7, 2020 145

धनगडी बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको आमा छोरा मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको थिय। १६ बर्से सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहरा
आफ्नो ज्यान जोकाइ बच्न सफल भएका छन्। लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ ।बादी पहिरोले बर्सेनि नेपालमा धन जनको समेत क्षति पु¥याउँदै आएको छ।

प्रतिकृया दिनुहोस्