Thursday, October 22

घर बेचेर डाक्टर बनेका जोगिन्दरले २७ वर्षको उमेरमै कोरोनाका कारण गु’माए ज्यान

July 29, 2020 31

एजेन्सी। छोराको जन्म भएपछि चौधरी परिवारको एउटै सपना थियो, ठूलो भएपछि डाक्टर बनाउने। गाउँलेहरूले सुझाव दिए–यदि छोरालाई भविष्यमा डाक्टर बनाउनु छ भने अग्रेंजी भाषामा पढाई हुने स्कुलमा भर्ना गर्नु। परिवारले ऋ’ण काढेर छोरालाई एमबीबीएस पढाउन चीन पठायो। तर,भविष्य कसलाई थाहा हुन्छ। चौधरी परिवार २७ वर्ष पुरानो आफ्नो सपना पुरा भएपछि छोराको बिहेका लागि केटी खोज्ने अभियानमा जुटेका थिए। तर, भारतमा बढ्दो को’रोना भाइ’रसको महामा’रीका कारण परिवारले आफ्नो डाक्टर छोरालाई नै गु’माउनु प¥यो।

अहिले परिवारमा दुःखको माहोल छ। डाक्टर जोगिन्दर चौधरीले २७ वर्षको उमेरमै ज्या’न गु’माएका छन्। बुवा राजेन्द्र चौधरीको आँशु रोकिएको छैन। जोगिन्दरको दिल्लीस्थित डाक्टर बाबा साहेब अम्बेडकर अस्पतालमा एक वर्षअघि जागिर लागेको थियो। पहिले उनी ‘फ्लू क्लिनिक’ मा कार्यरत थिए। गत नोभेम्बरमा उनलाई ‘क्याजुल्टी डिपार्टमेन्ट’ मा सारिएको थियो। २३ जुनमा उनलाई ज्व’रो आउन सुरु गरेको थियो। सँगै काम गर्ने दुई साथी को’रोनाको पोजिटिभ देखिएपछि उनको पनि तुरुन्त स्वास्थ्य परीक्षण भएको थियो ।२७ जुनमा उनलाई थाहा भयो, आफूलाई पनि को’रोना भएको छ भनेर।

यसपछि उनलाई अम्बेडकर अस्पतालबाट सारिएर लोक नायक जयप्रकाश अस्पतालमा भर्ना गरिएको थियो। यहाँ उनको अवस्था झन् दयनीय बन्दै गयो। लगत्तै उनलाई ७ जुलाईमा सर गंगाराम अस्पतालमा सारियो। यहाँ पनि उनको स्वास्थ्यमा खासै सुधार भएन ।पहिले ब्लड प्रेसर कम हुँदै गयो। यसपछि इम्फेसियाको स’मस्या देखियो। स्वाँस लिन गा’ह्रो भइरहेको अवस्थामा २७ जुलाईमा एक महिना लामो ल’डाईमा उनी पराजित भए। उनलाई को’रोना हुनुअघि परिवार बिहेका लागि केटी खोजिरहेका थिए। जोगिन्दर मध्य प्रदेशको निमच जिल्लाको सिङ्गोली क्षेत्रमा रहेको झान्तला गाउँको बासिन्दा हुन्।

खेती किसानीमा आधारित उनको परिवारमा बुवा–आमा बाहेक जोगिन्दरका भाई र बहिनी थिए। जोगिन्दरलाई एमबीबीएसको अध्ययनका लागि चीन पठाउने क्रममा बुवाले १८ लाख रुपैयाँमा घर बेचेका थिए। जुन पैसाले जोगिन्दरले एमबीबीएस अध्ययन गरेका थिए। परिवारका सबै सदस्य अहिले पनि भाडाको घरमा बसोबास गर्छन। बुवा राजेन्द्र भन्छन्, ‘मैले सानो छोरालाई राम्रोसँग पढाउन पाइन्। किनभने मेरो हैसियत नै पुगेन। मेरो सपना पुरा गर्न जेठो छोराका लागि पैसाको जोहो गर्नुपर्यो। उसले पनि डाक्टर बनेर मेरो सपना पुरा गरिदियो।

उसले एमडी गरेर गाउँको पनि सेवा गर्छ र पैसा पनि कमाउँछ भन्ने लागेको थियो। उसले यो ठाउँमा अस्पताल खोलेर यहाँका मानिसलाई उपचारका लागि यताउता भड्किनु नपर्ने वातावरण बनाउँछ भन्ने थियो।’बुवा राजेन्द्रले छोराको अध्ययनका लागि लिएको ऋ’णमध्ये ७ लाख अझै ति’र्न बाँकी रहेको बताए। जोगिन्दरका भाई कपिलले आफ्नो दाजु गाउँको पहिलो डाक्टर भएको बताए। ‘उनी को’रोना सं’क्रमितको उपचारमा खटिएका थिए। तर, कतिबेला आफैलाई सं’क्रमण भयो, थाहा नै भएन। लकडाउन नभएको भए उनको बिहे गत मार्चमा हुन्थ्यो,’ भाईले भने।

उनले दाजुको स्वास्थ्य लाभको लागि घरपरिवार र गाउँलेले पुजापाढ पनि गरेको बताए। गंगाराम अस्पतालमा उपचारका क्रममा उनको बिल ४ लाख रुपैयाँ भएको थियो। तर, अस्पतालले परिवारको अवस्था हेरेर पैसा नलिने निर्णय गर्यो। गत आइतबार दिल्लीमै उनको अन्तिम दा’हासंस्कार गरियो। बुवा आफ्नो जवान छोराको शरीरमा दा’गबत्ति दिने हिम्मत जुटाउन सकिरहेका थिएनन्, त्यसैले दाजुको अन्तिम संस्कार भाईले गरे।

प्रतिकृया दिनुहोस्