Sunday, October 25

स्याङजामा २८ महिने बालकमा पनि देखियो कोरोना संक्रमण

July 28, 2020 185

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिनेमा स्याङजाका २८ महिने बालक सहित २३ पुरुष र २ महिला तथा बागलुङका ६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ प्रदेशका स्याङजा र बागलुङ जिल्लाका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ ।संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्