एजेन्सी । भारतीय लोकप्रिय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको करिब डेढ महिना बढी समय हुन लाग्दा पनि सुशान्तको विषयमा एकपछि अर्को खबर आइरहेका बेला सुशान्तका पिताले प्रेमिका रिया चक्रवर्तीमाथी गम्भिर आरोप लगाएका छन्
सुशान्तका बाबुले रियाले करोडौँ रुपैयाँ हिनामिना गरेको समेत आरोप लगाउँदै प्रहरीकहाँ पुगेर उजुरी हालेका छन् ।
रिया विरुद्ध खरो रुपमा उत्रिएका सुशान्तका बाबुले आफ्नो छोरा सुशान्त पूर्ण रुपमा ठिक भएको तर रियाकै दबाबका कारण आजको अवस्थामा पुगेको समेत उनले बयानमा उल्लेख गरेका छन् ।
सुशान्तका बाबुले पटनाको राजीव नगरमा उजुरी हाल्दै सुशान्तलाई जबरजस्ती मोवाइल नम्बर फेर्न लगाएको, सुशान्तका नजिकका साथीभाई तथा आफन्तसँग बोल्नबाट बन्देज गराएको, सुशान्तका स्टाफहरुलाई पनि निकालेर नयाँ राखिदिएको आरोप लगाएका छन् ।
सुशान्तका बुबाले रियाकै कारण छोराको आजको अवस्था निम्तिएको भन्दै रियाले सुशान्तलाई आँफुसँग बाहेक अन्य युवतीहरुसँग फिल्म खेल्नमा समेत बन्देज लगाएको रहस्य पहिलो पटक खोलेका छन् ।
प्रतिकृया दिनुहोस्