Friday, April 23

रुकुम पश्चिममा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ४ जनाको उद्धार

July 28, 2020 98

रुकुम पश्चिममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ।

बाफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा मंगलबार बिहान ४ बजे हस्तबहादुर सुनारको घर पुर्दा १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनारको मृत्यु भएको छ।

२२ वर्षीय नविन हस्तबहादुरका भाइ हुन् भने १६ वर्षीय बलबहादुर छिमेकीका छोरा हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले उनीहरुको शव प्रहरी र स्थानीयको प्रयासले मंगलबार विहान फेला पारेको जानकारी दिए।

डिएसपी केसीका अनुसार ती दुबै युवाको शव एकै ठाउँमा फेला परेको थियो।

त्यस्तै पहिरोमा फसेकामध्य हस्तबहादुरकी ६० वर्षीया आमा झुपी, श्रीमती २२ वर्षीया ब्युझना, छोरीहरु ५ वर्षीया कोपिला र ३ वर्षीया ऋतुको सकुशल उद्धार गरिएको छ।

पहिरोमा परेका उनीहरुले हार गुहार गर्दै कराएको हुँदा गाउँले र स्थानीय प्रहरी मिलेर तत्कालै उद्धार गरेको डिएसपी केसीले बताए।

प्रतिकृया दिनुहोस्