काठमाडौं । नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण स्वरुप सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल भएको यो भिडियो हेर्नुहोस् जहाँ खोलामा पानीको बहाव बढिरहेको अबस्थामा दुई जना स्वास्थ्यकर्मी बाढीआएको खोला खोला तर्ने कोशिस गरिरहेका देखिन्छन । एक महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन् भने उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्।
उक्त भिडियो बराहताल गाउँपालिका सुर्खेतको हो जहाँ हरेक महिनाको पहिलो साता नियमित खोप कार्यक्रम सञ्चालन हुन्छ र सोही गाउँपालिका वडा नम्बर १ सुगुरखालमा नियमित खोप कार्यक्रम सम्पन्न गरी फर्किंदाको हो। उक्त भिडियो स्वास्थ्यकर्मीले टिकटकमा राख्नका लागि खिचेकी हुन । स्वास्थ्यकर्मीहरुः सविना शाही ठकुरी, अनमी । चन्द्रकिरण थापा, अहेब, हरिहरपुर स्वास्थ्य चौकी । लक्ष्मी गौतम, अनमी, हरिहरपुर स्वास्थ्य चौकी ।
प्रतिकृया दिनुहोस्