Sunday, October 25

मनथामेर भिडियो हेर्नुहोस् : चपटप बेच्ने आमाको रुवाउने कथा, हेर्दाहेर्दै चल्यो रुवाबासी

July 23, 2020 366

काठमाडौँ । कालिका खरेलले पछिल्लो एक महिनादेखि ठेलामा चटपट, पानी र घरमै फलेका तरकारी बेच्दै आएकी छन् । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका मुलपानी पिपलबोटमा उहाँको घर छ ।काठमाण्डौ उपत्यकामा घर भएपनि गुजारा चलाउने कालिकालाई ठेलाको व्यापार गर्नै पर्ने बाध्यता छ ।

ठेलाको व्यापार गर्र्न भन्दा पहिला उनले ज्यामी मजदुरको काम गर्ने गरेकी थिइन् । कोरोना भाइरसको कारण उनले गर्दै आएको काम पनि बन्द भयो । ‘काम गर्न गाह्रो भएपनि राम्रै आम्दानी भएको थियो’ उनले भनिन्, ‘कोरोनाका कारण काम रोकियो अनि ठेलामा चटपटे बेच्न थालेकी छु ।’

अर्काको काममा भन्दा आफ्नो काममा रमाउने थालेको उनी बताउछिन् । अहिले उनले दैनिक १ हजारसम्मको व्यापार गर्ने गरेकी छन् । एक हजारको व्यापार गर्दा उनलाई ४÷५ सय जति फाइदा हुने गरेको छ । जुन रकम घरखर्चमा सकिने गरेको उनले बताएकी छन् ।

‘पैसा नभए सबैले हेप्छन्’ उनले दुखका आँसु खसाल्दै भनिन्,‘पैसै सबैथोक रहेछ, त्यही भएर दुख गरीरहेकी छु ।’ उनका श्रीमान पनि जागिरे हुन् । दुइ छोरा हुर्किसकेका छन् । तर पनि आफ्नो सँगै भान्छा हुने खर्च भने कालिका आँफैले जोहो गर्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस्