Wednesday, October 28

झापामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु

July 22, 2020 137

झापा । झापाको पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन ।

बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेका थिए । पहिरोले थप दुई घर जोखिममा परेपछि उनीहरुलाई राति नै स्थानीय चर्चमा सारिएको छ।

प्रतिकृया दिनुहोस्