Sunday, October 25

कुवेतमा एक नेपालीकाे मृत्यु

July 15, 2020 220

बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि कुवेतमा रहेका पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको हो

कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत गुरुङ बसिरहेकै ठाउँमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

 

मृतकको शवलाई पोस्ट्मार्टमको लागि अस्पातलमै राखिएको छ । उनी रक्तचापको बिरामी रहेका थिए । उनको शवलाई कानुनी प्रक्रिया पुरी गरी नेपाल पठाइने दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती र एक छोरा रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्