Wednesday, October 21

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित भेटिए

July 14, 2020 252

२९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरका संक्रमित मध्ये तीन जना २६ वर्ष र २९ वर्षकी महिला तथा १२ वर्षका पुरुष ललितपुर महानगरका हुन् । यस्तै बाग्मती गाउँपालिकाकी ६६ वर्षीया महिला र महालक्ष्मी नगरपालिकाका ५५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्