एजेन्सी– अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।उनी हरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए। बच्चन बाबु छोरालाई कोरोना भएपछि बलिउडले स्वास्थ्य लाभको कामना गरेको छ। बलिउड अभिनेता रीतेश देशमुखले अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘चाँडै निको हुनुहोस्, म तपाईंको परिवारका लागि प्रार्थना गर्छु।अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्। अमीशा पटेलले यो नराम्रो खबर भएको भन्दै अमिताभ चाँडै ठीक हुने कामनासहित इश्वरसँग प्रार्थना गरेको उल्लेख गरेकी छन्।
प्रतिकृया दिनुहोस्