Sunday, October 25

भारतीय मिडियाले अति गरेपछि रविले दिए क डा चे ताबनी, भार तीय च्या नल ब न्द गरेकोमा खुशी (भिडियो सहित)

July 10, 2020 297

काठमाडौँ ।विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा ब’न्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रो’केको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अ’तिरञ्जित र अ’नर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आ’पत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

त्यस्तै भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जो’डेर आएका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार भएको सरकारको नियमित पत्रकार स’म्मेलनमा मिडियाहरुमा प्र’तिवन्ध लगाउनुभन्दा आफँै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्नेे बताएका थिए ।राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएक हुन् ।

प्रतिकृया दिनुहोस्