Sunday, October 25

२३ वर्षीय नेपाली युवाले गरे कोरियामा झुण्डिएर आत्महत्या

July 10, 2020 644

काठमार्डौ-दक्षिण कोरियामा २३ वर्षीय नेपाली युवाले गरे झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरका २३ वर्षीय विक्रम पाण्डे रहेका छन् । उनी ३ वर्षअघि कोरिया गएका थिए । बिहीबार डिउटीसमेत नगएका पाण्डेले बिहीवार दिउँसो करिब १२ बजे आफ्नै कम्पनीको छतमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

कुनै सम्पर्कबिना गाएब भएपछि कम्पनीमा काम गर्ने साथीहरुले उनको खोजी गर्दा कम्पनीको छतमा मृत्त अवस्थामा फेला परेको बताइएको छ । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको बताइएको छ ।विक्रमले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

प्रतिकृया दिनुहोस्