July 4, 2020 633
० असार, गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले बिरोध जनाएका छन् ।
जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका-७ का ४४ बर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थ्ाानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् ।
स्थानीयसँग पनि आवश्यक छलफल र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । साथै गोरखा अस्पतालमा रहेको शव एम्वलेन्स मार्फत लाने तयारी भइरहेको छ ।
असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्