Sunday, October 25

४ दिन अघि कतारबाट घर फर्किएका एक युवकको कोरोनाका कारण मृत्यु

July 4, 2020 339

काठमाण्डौं– गोरखामा कोरोना सङ्क्रमित एक जनाको निधन भएकाे छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ। कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान बिहान ५:०५ बजे निधन भएकाे हाे। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति अस्पताल भर्ना गरिएको थियो।

उनी असार १६ गते कतारबाट नेपाल फर्केका थिए। उनलाई शुक्रबार राती करिब १० बजे अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको करिब सात घण्टामै उनको निधन भएको हो। ती पुरूष मधुमेहका बिरामी पनि थिए।

उनी गत मंगलबार कतारबाट घर फर्किएका थिए। उनलाई जीवनज्योती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएकोमा अवस्था जटिल भएपछि गोरखा अस्पतालको आइसोलेसनमा पुर्‍याइएको थियो। क्वारेन्टिनमा रहँदा ती पुरूषमा खोकी लाग्नेजस्ता लक्षण देखिएका थिए।

याेससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निधन हुनेको संख्या ३ पुगेको छ भने देशभर ३३ जनाकाे निधन भएकाे छ।

प्रतिकृया दिनुहोस्