Saturday, October 24

मोदीको नै टाउको दुखाउनेगरी बढे भारतमा कोरोना संक्रमित, एकैदिन २३ हजार नयाँ बिरामी भेटीएपछि खैलाबैला

July 4, 2020 145

काठमाडौ, असार २० । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार १ सय २७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ६ सय ८१ पुगेको छ ।

त्यस्तै भारतमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढदै गएको छ । भारतमा कोरोनाबाट शनिबार मात्रै २२ हजार ७२१ नयाँ संक्रमित फेला परेका छन् । योसंगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको वर्डोमिटर्सले जनाएको छ । त्यस्तै मृत्यु हुने मानिसको संख्या १८ हजार ६६९ पुगेको छ । २ लाख ३६ हजार ९२२ जना सङ्क्रमित अवस्था मै रहेका छन् । ३ लाख ९४ हजार ३३१ जना निको भई घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्