Thursday, October 22

गुल्मीमा पहिरो जाँदा १८ महिने बालकको मृ’त्यु, एक जना वे’पत्ता

July 3, 2020 124

गुल्मी, गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृ’त्यु भएको छ भने एकजना वे’पत्ता भएका छन् । गएराति करिब १ बजेबाट भएको बर्षाका कारण इस्मा गाउँपालिकामा एकजनाको मृ’त्यु भएको छ भने मुसिकोट नगरपालिकामा एकजना वे’पत्ता भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर १ मल्दीमा एउटा घर ब’गाउँदा एकजनाको मृ’त्यु भएको छ भने एकजनाको जि’वितै उ’द्धार गरिएको छ । १८ महिनाको छोरा सिरु सारुकोे पहिरोमा परेर मृ’त्यु भएको वडाध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए ।मृ’तक बच्चाको आमाको भने गाउँलले घ’टनास्थलबाट जि’वितै उ’द्धार गरेका छन् ।

घा’इतेलाई थप उपचार गर्न अस्पतालसम्म लै’जानको लागि प’हिरोले सडक अवरुद्ध भएकोले लैजान सकिएको छैन ।मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङ निवासी भागिरथ घिमिरे वे’पत्ता भएको नगरपालिका उप–प्रमुख कमला शर्माले जानकारी दिइन् ।बिहिबार रातिसम्म सँगै तीनजना बसेर म’दिरा से’वन गरेपनि अन्य दुइजना बाँ’च्न सफल भएपनि घिमिरेलाई भने ब’गाएको शर्माले बताइन् । उनको अहिले खो’जिकार्य भइरहे पनि भेटिएका छैनन् । सोहि बर्षाले दुर्गा सूर्यवशींको गोठ माथिबाट आएको पहिरोले पु’रिदा गोठमा भएका सबै ज’नावर मरेका छन् । भने थप सात घर उच्च जो’खिममा रहेको नगरपालिका उप–प्रमुख शर्माले बताइन् ।

प्रतिकुल मौसमका कारण घ’टनाबारे सबै विवरण आइसकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयको स’मुह घ’टनास्थलतर्फ जाँदै गरेकोले प्रहरी कार्यालयमा पनि घ’टनाबारे बृ’स्तित जानकारी नभएको प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले बताए । गएराति परेको अविरल बर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अ’वरुद्ध भएका छन् ।

प्रतिकृया दिनुहोस्