Sunday, October 25

बिहानै थपिए गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित

July 2, 2020 106

पोखरा-गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित भेटिेनमा बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् ।

यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । त्यस्तै दुई जनाले ज्यान गुमाई सकेका छन् ।

प्रतिकृया दिनुहोस्