July 2, 2020 145
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ९३ हजार जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ७ लाख ९ हजार नौं सय पुगेको वल्डोमिटरले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चार हजार ७ सय जनाले कोरोना कै कारण ज्यान गुमाएका छन ।
संक्रमित मध्ये ४३ लाख ४३ हजार ८ सय भन्दा बढी उपचार गराइरहेका छन । कोरोना संक्रमित मध्ये ५९ लाख २९ हजार ५३ जना उपचार पछि घर फर्किएका छन् ।संक्रमित मध्ये ५ लाख १७ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ । उपचार गराइरहेका ४३ लाख ४३ हजार ८ सय मध्य ५७ हजार ९ सय जनाको अवस्था गम्भिर छ ।
प्रतिकृया दिनुहोस्