Thursday, October 22

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद छन्त्यालको निधन

July 1, 2020 71

तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेकी छन्त्यालको ६६ वर्षको उमेरमा बुधवार बिहान गंगालाल अस्पताल काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बाग्लुङका नेता टेकराज पौडेलले जानकारी दिए ।

उनी २०७० सालमा संविधान सभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

तमानखोला गाउँपालिका ५ खुंखानीमा जन्मेकी छन्त्याल लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्