Thursday, October 22

भुवन केसीलाई साम्राज्ञीको कडा चेताबनी, मुखै जोडेर यस्तोसम्म गरे भन्दै घिनलाग्दो व्यवहारको पर्दाफास

June 30, 2020 793

काठमाडौँ | अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपोटिज्म र ग्रुपिज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मुद्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।

यसबीच, शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्माता/निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् । उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो ।

साम्राज्ञीले आफूमाथि कसले नराम्रो व्यवहार गरेको थियो भनेर नाम किटान गरेकी छैनन् । तर, उनको कटाक्ष निर्माता तथा अभिनेता भुवन केसीमाथि पनि केन्द्रित थियो । उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलेकी छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् ।हेर्नुहोस के भनिन त भुवनलाई सम्राज्ञीले ? –

प्रतिकृया दिनुहोस्