Saturday, October 24

भारतमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १६ हजार ४८७ पुग्यो

June 29, 2020 98

काठमाडौ, असार १५- विश्वभरी महामारीका रूपमा फैलिएको कोरोनाबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

भारतमा आइतबार ९ हजारभन्दा बढी संक्रमित फेला परेका थिए । भने ३८४ भन्दा बढी मानिसको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ । भने हालसम्म ५ लाख ४९ हजारभन्दा बढी संक्रमित रहेका छन् । भने ३ लाख २१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्