June 29, 2020 252
चितवन,असार १३-
चितवनको खैरहनीमा ट्याक्टरको रोडाभेटरले च्यापेर एक जनाको मृत्यु भएको छ । विहान खैरहनी नगरपालिका ४ चैनपुरमा धान रोप्नका लागि खेत जोत्ने क्रममा ना ७ ख ४४८८ नम्वरको ट्याक्टरको रोडाभेटरले स्थानिय ५७ बर्षका रिठे दमाइलाई च्यापेको थियो ।
ट्याक्टर पछाडिको रोडाभेटरमा टेकेर नट कस्ने क्रममा आज विहान उनि च्यापिएको र घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक क्रषिराम घर्तीमगरले जानकारी दिनुभयो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्