Monday, November 30

दिलबहादुरको शव फेवातालमा भेटियो, डुबेको देख्नेले केही गर्न सकेनन् (भिडियो)

June 28, 2020 195

पोखरा- पोखराको फेवातालमा एक जनाको शव भेटिएको छ । पौडी खेल्ने क्रममा पोखरा ६ लेकसाईड बस्ने बर्ष ४६ का दिलबहादुर लिगलको मृत्यु भएको कास्की प्रहरी प्रबक्ता सुबास हमालले बताउनु भएको छ । हमालका अनुसार करिब १२ बजे बजेतिर हराएको सूचना आएको र वडा प्रहरीचौकी कार्यलय बैदाम, प्रहरीको उद्दारटोलीले खोजतलास गर्दा करिब २ घण्टापछि उनको शब भेटिएको हो ।

उनी बिहान पौडी खेल्न भन्दै निस्कीएका थिए । प्रत्यक्षदर्शीका अनुसार उनले माछा मार्ने बल्छी ताल छेउमा राखेर हामफाले । उनी दैनिक जस्तो पौडी खेल्ने भएकाले आफूहरुले त्यस्तो केही नसोचेको प्रत्यक्षदर्शीको कथन छ । उनी धेरैबेर पानीबाहिर नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्र्टमार्टमको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्