संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।
इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ । भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।
१८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौन लिलामा लिप्त देखिन्छन् ।त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ । यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको भनेको छ । युएनले यस घटनालाई गम्भीर आपत्ति जनाउँदै चिन्ताजनक रहेको बताएको छ ।
I present to you…..the UN pic.twitter.com/7bqw2fzVZa
— Mattea Merta ?? (@MatteaMerta) June 25, 2020
प्रतिकृया दिनुहोस्