Thursday, October 22

ट्रक दुर्घटनामा २० वर्षीय भुवनको मृत्यु, एकको अबस्था गम्भीर

June 27, 2020 49

काठमाडौ, असार १३ -जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे–बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिनुभयो । तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना।६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस्