Sunday, October 25

नेपाली भुमि कब्जा गरेको भन्दै चीन विरुद्ध वीरगन्जमा प्रर्दशन

June 26, 2020 116

पर्सा । नेपाल विद्यार्थी संघ पर्साले नेपाली भुमि कब्जा गरेको भन्दै चीन विरुद्ध वीरगन्जमा प्रर्दशन गरेको छ । नेवि संघमा आवद्ध विद्यार्थीहरुले चीन विरुद्ध विरोध प्रर्दशन गर्दै चीनका राष्ट्रपती सी जीनपीङ्गको पुतला दहन समेत गरेका छन ।

बीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध जुलुस घण्टाघर चोकमा पुगि चीनका राष्ट्रपती जीनपीङ्गको पुतला दहन गरिएको थियो ।

जुलुसका सहभागिले गो ब्याक चाईना, हाम्रो भुमी मिच्न पाईदैन, मिचिएको भुमि फिर्ता गर, चिनिया राष्ट्रपती मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्