Sunday, October 25

बाढीले बगाउँदा ३ वर्षीय सम्यमको ज्यान गयो

June 26, 2020 113

अबिरल बर्षाका कारण पानीको सतह बढेर घर नजिकैको नालामा आएको बाढीले बगाउदा झापामा ३ बर्षीय एक बालकको ज्यान गएको छ ।

शिवसताक्षी ८ बस्ने मिलन बिष्टका ३ बर्षीय छोरा सम्यमको नालामा आएको बाढीले बगाएर ज्यान गएको हो । खेतको पानी नालामा निकास हुँदा पानीको सतह बढेको थियो ।

घरका अन्य सदस्य खेतमा काम गर्न गएका बेला सम्यम हराएका थिए । उनको खोजी गर्ने क्रममा घटना स्थल देखि १ सय मिटर तल उनलाई गम्भिर अवस्थामा स्थानीय छिमेकीले उद्दार गरेका थिए ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले गम्भिर अवस्थाका बालकलाई मृत घोषणा गरेको स्थानीय मोहन सापकोटाले बताएका छन् ।

स्थानीयका अनुसार घटना स्थल को करिव १ सय मिटर उत्तर घर नजिकै उनको चप्पल फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्