June 24, 2020 263
काठमाडौँ– चितुवालाई दाम्लोले बाँधेर एक हुल मानिसले डोर्याउँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा प्रहरीसहित झण्डै सय जना मानिसको हुलमा लुरुलुरु हिँड्दै गरेको चितुवा देखिन्छ, मानिसहरुको हल्ला सुनिन्छ ।
सो भिडियो पर्वत जिल्लाको जलजला गाउँपालिका क्षेत्रको हो । सोमबार बेलुका पाँच बजेतिर जलजला गाउँपालिका–७ लामागरा भन्ने ठाउँमा कालीगण्डकी नदीको किनार नजिक गाउँलेले चितुवा देखे ।बेनी–मालढुंगा सडक छेउमा देखिएको सो चितुवालाई चौतारीमा बसेका स्थानीय बासिन्दाले धपाउन खोजे तर गएन । त्यसपछि स्थानीय प्रहरीलाई खबर गरिएको जलजला गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष टुंगानाथ आचार्यले जानकारी दिए ।हेर्नुहोस –
प्रतिकृया दिनुहोस्