बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निर्णयको समर्थन जनाएकी छिन्।
आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षमा वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधानसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको थियो।
मनीषाले ट्वीटरमार्फत सांकेतिक रुपमा नागरिकता विधेयकको स्वागत गरेकी हुन्। उनले नागरिकतासम्बन्धी भीम रावलको लेख समेत सेयर गरेकी छिन्। नेकपाको निर्णयलाई पनि सेयर गरेकी छिन्। उनले नागरिकता विधेयकको पक्षमा गरिएका केही ट्वीटहरु रि-ट्वीट समेत गरेकी छिन्।
मनीषाले नागरिकता र भारतसँगको पछिल्लो सीमा विवादलाई जोडेर नेपाल सार्वभौम राष्ट्र भएको समेत उल्लेख गरेकी छिन्।
‘क्षेत्रीय सम्प्रभुता, राजनीतिक सार्वभौमिकता, आर्थिक सार्वभौमिकता जोडिएर सार्वभौम राष्ट्र बन्छ। यसमा गहन रुपमा सोचौँ,’ उनले ट्वीटरमा भनेकी छिन्।
यसअघि भारतसँगको सीमा विवाद वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने बताउँदा मनीषा विवादमा तानिएकी थिइन्।
प्रतिकृया दिनुहोस्