Thursday, October 22

आज सूर्यग्रहण, कुन राशि भएकाले हेर्न हुने, कुन–कुन राशिले हेर्न नहुने ?

June 21, 2020 285

काठमाण्डु, ७ असार– नेपालमा आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ । १० बजेर ५० मिनेटमा सुरु हुने सूर्य ग्रहण २ बजेर २३ मिनेटसम्म रहने छ ।

मध्याह्न १२ बजेर ४१ मिनेटका काठमाण्डु उपत्यकाबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिने छ । यस्तै नेपालको पश्चिमी भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देख्न सकिने छ ।
पोखरामा बिहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेट र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्न सुरु हुने छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्ने प्रक्रियालाई सूर्य ग्रहण भनिन्छ ।

कुन राशिले हेर्न हुने कुन राशिले हेर्न नहुने ?
सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुन्छ । ती राशि भएकाले हेर्दा शुभफल प्राप्त हुने ज्योतिषहरु बताउँछन् । यद्यपि नाङ्गो आँखाले भने ग्रहण नहेर्न उनीहरुको सुझाव छ ।

प्रतिकृया दिनुहोस्