गुल्मी। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । प्रदेश ५ को गुल्मी जिल्लामा मृ’त्यु भएका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमै मृ’त्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार दिउँसो मृ’तकको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको हो।
जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उहाँ प’क्षधातको बि’रामी रहेकाले छुट्टै होम क्वारेन्टाइनमा राखिएको शर्माले बताउनु भयो । बिहीबार नै मृ’तकको अ’न्त्येष्टि गरिएको प्रजिअ शर्माले बताउनुभयो । उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।
प्रतिकृया दिनुहोस्