Sunday, October 25

प्रेरक भनाईहरु – धैर्यता निकै नै कठीन हुन्छ, तर त्यसको फल त्यो भन्दा कैयौं गुणा मिठो हुन्छ

June 20, 2020 618

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १५ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १५ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ ।

२. तिम्रो दैनिक बानीले तिम्रो परिचय बनाउँछ ।

३. अँध्यारोको समयमा आफूलाई प्रकाश आएतिर केन्द्रित गर ।

४. दिमागको शक्तिले नै जीवनको सार बताउँछ ।

५. तिमीले साहस बिना संसारको कुनै पनि काम गर्न सक्दैनौ।

६. धैर्यता निकै नै कठीन हुन्छ, तर त्यसको फल त्यो भन्दा कैयौं गुणा मिठो हुन्छ ।

७. जुन व्यक्तिले आफू भित्रको डरलाई जितेको छ, त्यो व्यक्ति स्वतन्त्र व्यक्ति हो ।

८. पीडा बिना तिमीले केही पनि सिक्दैनौ ।

९. आफूलाई जित्नु भनेको अरुलाई जित्नुभन्दा कठीन काम हो ।

१०. साथी बन्न सजिलो हुन्छ । तर मित्रता निभाउनु भनेको फल पाक्नु जत्तिकै कठीन हुन्छ ।

११. तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो।

१२. पैसा हुनु तर दिमाग नहुनु भनेको सधै खतरनाक स्थिति हो।

१३. सफलताको सुरुवात बिन्दु भनेको सपना देख्नु हो।

१४. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस । समय कहिल्यै पनि अनुकुल हुँदैन ।

१५. खुशी आफ्नो कर्ममा भेटिन्छ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्