यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ । अनार मानिसको स्वास्थको लागि एकदम फाईदायुक्त फल हो । तर यो फल पनि कस्ता रोग भएका व्यक्तिले खानु राम्रो हुदैन ।
उल्लेखित समस्या भएका व्यक्तिहरुमा भने अनारको सेवन गर्नु लाभदायक मानिदैन ।
१. कब्जियत
अनारमा फाईबर्सको मात्रा बढि हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउने हुदा अनार खानु हुदैन ।
२. औषधि लिइरहेको व्यक्ति
यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भाएको छ भने अनार खानु हुदैन । अनार खानाले औषधिले काम गर्दैन ।
३. दम रोगी
दम रोगीले अनार खादा झन् दम बढ्ने हुन्छ । त्यसैले दम रोगीले अनार खानु हुदैन । केही खास समस्या भएका व्यक्तिले बाहेक अनार सेवन गर्नु स्वास्थयका हिसाबले फाइदाजनक मानिन्छ ।
४. तौल घटाउन चाहने व्यक्ति
तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खादा तौल घट्नुको साटो बढ्न सक्छ ।
५. प्रेसर लो हुने व्यक्ति
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।
६. मधुमेह रोगी
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।
७. कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले पनि अनार खानु हुदैन ।
करेला
स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् । यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ । यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ ।
यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ । करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
आलु
आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । शरिर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ ।
विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।
काउली
काउली क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।
अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’
काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।
फर्सी
फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ । ५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा नराम्रो कोलस्टेरोलको मात्रा पनि कम गर्छ ।
यसको बियाँमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । फर्सीले स्मरण क्षमताको विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउछ । पँहेलो फर्सीमा पाइने क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ । यसले मुटु रोगीलाई पनि निकै फाइदा गर्छ ।
तपाइलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । यस्तै जानकारीहरु पाउनका लागि तपाईले हाम्रो पेज ज्ञानविज्ञान लाइक गर्नुहोला । धन्यवाद ।
प्रतिकृया दिनुहोस्