Monday, November 30

मिर्गौला रो’गबाट पी’डित १४ वर्षीय बालकले जिते कोरोना

June 20, 2020 132

राजविराज : सप्तरीका १४ वर्षीय मिर्गौला रो’गबाट पी’डित बालक कोरोना जि’तेर आइतबार घर फर्किएका छन्। भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गराएर फर्किदा कोरोना संक्रमित भएका गिर्गौला रो’गबाट समेत बि’रामी रहेका बालकसँगै उनकी ४० वर्षीया आमाले पनि कोरोना जित्न सफल भएकी छन्। शुक्रबार दोस्रो पटक गरिएको परीक्षणमा आमा-छोरामा कोरोना नदेखिएपछि शनिबार राजविराजस्थित आइसोलेशन केन्द्रबाट डि’स्चार्ज गरिएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए।

राजविराज नगरपालिका-१३ पिपराहीका उनीहरुलाई जेठ २६ गतेदेखि आइसोलेशनमा राखिएको थियो। करिब १२ दिनको बसाईपछि उनीहरु निको भएर फर्किएका हुन्। उनीहरुभन्दा पहिले आइसोलेसन केन्द्रमा आएका संक्रमितसमेत संक्रमणमुक्त नभई सकेका बेला उनीहरु कोरोना जितेर घर फर्किएकोमा आइसोलेशनमा रहेका अन्य संक्रमितले ताली बजाएर बि’दाई गरे। कोरोना जितेपछि आमाछोरा खुसी हुँदै घर फर्किएका छन्। घर फर्कने क्रममा उनीहरुले मनोबल उ’च्च बनाए कोरोना सजिलै जित्न सकिने बताए। स्वास्थ्य मानिसले समेत कोरोना भाइरसबाट ज्यान गुमाइरहेको अवस्थामा मिर्गौला रो’गी बालकको जितलाई महत्वका साथ हेरिएको छ।

आइसोलेसन केन्द्रमा रहेका छिन्नमस्ता २ महुवाका २८ वर्षीय पुरुषले बि’रामी बालकले कोरोना जितेको कुराले अरु सबैको हौ’सला बढेको बताए। रोगी, बिरामीलाई कोभिड-१९ निको हुन समय लाग्ने या बाँ’च्ने सम्भावना अरुभन्दा कम हुने भनिएका बेला बालक बि’रामी १२ दिनमै निको भएर घर फर्किनुले कोभिडवि’रुद्धको ल’डाईंमा थप आशा जागेको डा. रणजितकुमार झाको भनाइ छ। आमाछोरासँगै आज १४ जना संक्रमण मु’क्त भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्