Wednesday, October 21

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित

June 20, 2020 101

पर्वत, गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ। मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार साँझ काेराेना पुष्टि भएका व्यक्ति ८३ वर्षे पुरुष रहेकाे खुलेकाे छ । उनी मुस्ताङकाे घरपझाेङ गाउँपालिकाका बासिन्दा रहेकाे रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ । संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।याेसँगै अब गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।उता बझाङका थप दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा एक जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि भएका दुबैजना छबिसपाथिभेरा २ का रहेका र उनीहरु २५ वर्षीया महिला र २८ वर्षीय पुरुष श्रीमान् श्रीमती रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । यस्तै शुक्रबार जिल्ला बाहिर संक्रमित भेटिएका भनिएका ३ जना जयपृथ्वी नगरपालिकाका रहेका पनि खुलेको छ ।

प्रतिकृया दिनुहोस्