Wednesday, October 21

१ महिनाकाे बालिकालाई पनि छाडेन काेरानाले ।

June 20, 2020 170

अर्घाखाँची, असार ५ गते । अर्घाखाँचीमा शुक्रबार एक महिनाकी शिशुसहित छ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा १६५ जनामा कोराना सङ्क्रमण भएको छ ।

शुक्रबार पुष्टि हुनेमा पाणिनी गाउँपालिका-७ का २२ वर्षीया आमा, २४ वर्षका बाबु र एक महिनाकी छोरीमा कोरोना सङ्क्रमण भएको छ ।

त्यस्तै, शीतगङ्गा नगरपालिका-१२ का वर्ष ३० र अर्का २१ वर्षका पुरुष तथा पाणिनी गाउँपालिका-१ का २२ वर्षका पुरुषमा कोराेना सङ्क्रमण भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।

शुक्रबार पत्ता लागेका सङ्क्रमित भारतबाट आई विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्युसमेत भइसकेको छ ।

प्रतिकृया दिनुहोस्