Monday, April 19

७ वर्षीया बालिकालाई बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ

June 19, 2020 263

मकवानपुरमा ७ वर्षीया बालिकालाई भारतमा बेच्न लैजाँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार अपरान्ह चार बजे भारतको बिहार बस्ने १९ वर्षीय रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५बाट पक्राउ गरेको हो।

उनले सोही नगर वडा नम्बर ४ का ७ वर्षीया नाबालिकालाई बेच्नका लागि बारा जितपुर हुँदै भारत तर्फ लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ।

उनले नाबालिकालाई ललाई–फकाई प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा राखेर लैजाँदै थिए।

सोहीबेला प्रहरीले पुर्व–पश्चिम सडक खण्डबाट रानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीमाथि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दायर भएको छ। प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्