Monday, November 30

मनछुने भनाईहरु

June 18, 2020 430

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १२ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १२ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. एउटा कागजको टुक्रा गभर्नरको हस्ताक्षरले नोट बनिदिन्छ । जसलाई तोड्दा, खुम्चाउदा, फोहोर र जर्जर हुँदा पनि त्यस्को मूल्य कम हुदैन । तपाई पनि ईश्वरको हस्ताक्षर हुनुहुन्छ । जबसम्म तपाईं चाहनुहुन्न तबसम्म तपाइको मूल्य कम हुन सक्दैन । तपाईं अनमोल हुनुहुन्छ । आफ्नो मूल्य सम्झिनुस् ।

२. मान्छेहरुको लागि तपाई तबसम्म राम्रो लाग्नुहुन्छ जबसम्म उनिहरुको आशा पूरा गरीरहनु भएको हुन्छ । तपाइको लागि सबै मान्छे तबसम्म राम्रो छन्, जबसम्म तपाई उनिहरु सँग कुनै आशा राख्नुहुन्न । एकपटक आशा राख्नुस्, अनी सबैबाट निराशा पाउनुहुनेछ ।

३. मान्छेलाई कसैले महान बनाउन सक्दैन, तर आफै महान बन्न चाहनेलाई कसैले रोक्न पनि सक्दैन ।

४. औसत मानिसहरू आफ्नो कार्यमा मात्रै २५ प्रतिश शक्ति र क्षमता लगाँउछन् । वास्तवमा ५० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरूलाई संसारले सम्मान गर्दछ । १०० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरू सबैलाई शासन गर्ने गर्छन् । – एन्ड्रयु कारनेगी

५. आफ्नो कामसँग जुन कुराको सम्बन्ध छ, त्यसलाई व्यार्थ र अनुपयोगी नसम्झ बरू त्यस बारेमा ज्ञान प्राप्त गर।

६. त्यो मानिस गुणी, ज्ञानी हो जसले अरू कसैको हानी गर्दैन ।

७. सोचले नै ल्याउछ विचारको लहर, जब बिचार बढ्छ तब मात्र आफ्नो विचारलाई व्यवहारमा उतार्न सकिन्छ ।

८. तिमी महान् काम गर्न लागिरहेका छौ भने शत्रुसगँ पनि सम्झौता गर्न सिक ।

९. जीवन फूल हो र प्रेम त्यसको सौरभ ।

१०. कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल, उसको गुणलाई अपनाउने प्रयत्न गर।

११. म भने समयलाई कुरिरहेको थिए तर समय ले अर्कै बाटो बनाएर म भन्दा धेरै टाढा पुगि सकेको रहेछ।

१२. कसैसँग जबर्जस्ति बोल्न खोज्नु भनेको आफ्नो कमजोरि देखाउनु हो एकोहोरो त आफ्नो सास पनि चल्दैन सम्बन्ध कसरी चल्छ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्